नेपालमा थप २८ जनामा कोरोना, देशभर ५७० जना सक्रिय संक्रमित !

Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर ५७० जना सक्रिय संक्रमित छन् ।
१८ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

ताजा अपडेट

खोजी गर्नुहोस